नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

छिनोफानो   बुधबार ०६, पुष २०७९ ११:३०

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा विजयी भएका छन् ।
देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन् ।

निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ । पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ । तर यसको औपचारिक घोषणा हुन बाँकी छ । मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा विजयी ८९ मध्ये ८८ मतदाताले कांग्रेस दलको निर्वाचनमा बुधबार बिहान मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु