कैलालीमा साना किसान कृषि सहकारीमो लकर तोडेर ५ लाख बढीको चोरी

छिनोफानो   बिहिबार ०७, पुष २०७९ ०१:०१

कैलालीको एक सहकारी गए  राती चोरी भएको छ । जिल्लाको गोदावरी नगरपालिका – २ मा  रहेको साना किसान कृषि सहकारीमो लकर तोडेर ५ लाख बढीको चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर फुटाएर ५ लाख ५८ हजार रुपैयाँ चोरेर लगेको जाकारी दिएको छ । 
बिहान सहकारीमा सफाइ कर्मचार आउँदा चोरी भएको थाहा  पछि प्रहरी लाई खबर गरेको सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताए  । सहकारीमा सिसिटिभि क्यामेरा जडान गरेको भएपनि चोरले क्यामेराको डिभाइस नै चोरेर लगेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जानकारी दिएको छ ।अहिले प्रहरी सहकारीमा पुगेर अनुसन्धान गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु