सुदूरपश्चिममा भुवापर्वको रौनक

छिनोफानो   शुक्रबार ०८, पुष २०७९ ०६:०७

धनगढीको खुला मञ्चमा आजदेखी ३ दिनसम्म भुवा पर्व मनाईने भएको छ । बाजुरेली सेवा समाज धनगढी कैलालीले आज देखि तीन दिनसम्म धनगढीको खुला मञ्चमा भुवा पर्व मनाउन लागेको हो ।

भुवा पर्व धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताका रुपमा सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम, डोटीसहित कैलाली र कञ्चनपुरमा मनाईदै आएको छ । शुक्रबार धनगढी खुलामञ्चमा भुवा पर्वको औपचारिक  उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गरेका हुन् ।

हरेक वर्ष पुस औंसीदेखि पुर्णिमासम्म मनाइने भुवा पर्वमा भुवा नाच्ने गरिन्छ । भुवा पर्वमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछ्न । भुवा पर्वको अवसर पारेर खुलामञ्चमा भुवा नाच, भस्सो गीत गाउने र नाच्ने गरिन्छ ।

भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको र जनविश्वास रहेको बाजुरेली सेवा समाजका अध्यक्ष चेतन थापाले बताए ।

भुवा पर्वमा सुदुरपश्चिम सरकारले सबै जिल्लामा सरकारी विदा दिनुपर्ने माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु