एसईई आइडल सिजन २ को अडिसन पुस देखि सञ्चालन हुने

छिनोफानो   आइतबार १०, पुष २०७९ ०३:५०

सुदूरपश्चिममा  विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लिले एसईई आइडल सिजन २ आयोजना गर्ने  भएको छ । आईतवार धनगढीमा पत्रकार सम्मेलन को आयोजना गर्दै प्रतियोगिता सम्बन्धी जानकारी गराईएको हो । 
शिक्षा प्रति राज्यलाई थप उत्तरदायी बनाउन दबाब दिन , विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन गराउन, शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यापार व्यवसायको प्रबर्धन गर्न मुख्य उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको अडिसनहरू २०७९ पुस देखि २०८० वैशाख सम्म सुदूरपश्चिममा प्रदेशका ९ जिल्लाका २५ स्थानमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताका फाइनल २०८० असार २ गते हुने छ । प्रतियोगितामा एसईई सिंगिङ आइडल र एसईई डान्सिङ आइडल गरि दुई विधा मा प्रतिस्प्रधा हुनेछ । एसईई डान्सिङ आइडलको विजेतालाई रु ५०,००० नगद सिहित ट्रफि, छात्रवृत्ती, गिफ्ट ह्याम्पर र उप विजेतालाई २५,००० नगद सिहित ट्रफि, छात्रवृत्ती, गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जानकारी  दिएको छ । यसैगरि एसईई सिंगिङ आइडल विजेतालाई  पुरुस्कार रु २०,००० नगद सहित छात्रवृत्ती, गिफ्ट हयाम्पर र उप विजेतालाई रु १०,००० नगद सहित छात्रवृत्ती, गिफ्ट ह्याम्पर पुरुस्कार प्रदान गरिने छ । 
प्रतियोगितालाई चौधरी ग्रुप (वाइवाई चाउचाउ ) , सुदूरपश्चिमाञ्चल एकेडेमीले प्रायोजन गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु