धाईया सलानी सामुदायिक बन को अध्यक्षमा : जैगडी

छिनोफानो   आइतबार १०, पुष २०७९ ०४:३३

 कैलालीको धाईया सलानी सामुदायिक बन को अध्यक्षमा भिम जैगडी सर्वसम्मत चयन भएका छन् । शनिवार गोदावरी नगरपालिका १० मा  बसेको सामुदायिक बनको निर्वाचन कमिटी को बैठक बाट जैगडी सहित ११ सदस्य कमिटी सर्वसम्मत चयन भएका हुन् ।


कमिटीेको उपाध्यक्षमा चक्रबहादूर खड्का ,सचिवमा भिम बहादूर तामाङ्ग, कोषाध्यक्षमा जानकी चौधरी ,सहसचिवमा वासुदेव भट्ट, सदस्यमा कुवेर सोव ,सुरेश स्वार,रामेश्वरी पनेरु भट्ट ,शान्ति चौधरी ,बंशिराम चौधरी र समिर्ला बिक चयन भएका हुन् । यस्तै बैठकले सल्लाहकार समिति को संयोजकको जिम्मेवारी  झंकर कोलीलाई दिएकोे छ भने सल्लाहकार  सदस्यमा इन्द्र बहादूर बोहरा , देव बहादूर बिक, धा बहादुर बिक लाई चयन गरेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु