प्रचण्डलाई प्रधानमन्त्री : राष्ट्रपति र सभामुख एमालेलाई

छिनोफानो   आइतबार १०, पुष २०७९ ०५:४२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज ९आइतबार० बसेको विभिन्न दलका नेताहरूको बैठकले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर १६६ सांसदको समर्थन रहेको एमालेका महासचिव शंकर पोख्रेलले जानकारी दिएका छन् । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ ।प्रचण्डलाई समर्थन गरेका दलका नेताहरू अब दाबी पेस गर्न राष्ट्रपति भवनमा जाने तयारी गरेका छन् । नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद रहेका छन् ।एमाले महासचिव पोखरेलले राष्ट्रपतिले भनेको समयमै संविधानको धारा ७६ उपाधारा २ अन्तर्गतको सरकार बन्ने बताए । ‘त्यसो नहुँदा उपाधारा ३ अन्तर्गत एउटा दल विशेषको सरकार रहने थियो । जुन कुरा निर्वाचनको जनादेशविपरीत हुने थियो’, उनले भने, ‘उपधारा २ अन्तर्गतकै सरकार बनाउन छलफल गर्‍यौं । प्रचण्डको नेतृत्वमा उपाधराअन्तर्गत २ भन्दा धेरै दलको समर्थनको सरका बनाउन दाबी प्रस्तुत गर्ने सहमति भइसकेको छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु