रिलायवलद्धारा मृतकको घरमै पुगेर बिमा दाबी रकम भुक्तानी

छिनोफानो   आइतबार १०, पुष २०७९ ०९:१९

रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले मृतकको घरमै पुगेर बिमा दाबी रकम भुक्तानी गरेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका ८ खाड्चोकमा रहेको मृतकको घरमै गएर २० लाख ८० हजार रकमको चेक हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच पुर्नवास नगरपालिका प्रमुख तोयानाथ शर्माले मृतक राममुर्ती रानाकी श्रीमती अनुखा रानालाई चेक प्रदानगर्दै बिमाबाट पाएको रकमको सदुपयोग गर्न सुझाव दिएका छन् । ‘बिमा हाम्रो सुख–दुःखको सारथि हो । रिलायवल लाइफले घरमै पुगेर रकम प्रदान गरेको छ ।यो सुखद पक्ष हो । यो रकमले केही हद सम्म पनि मृतकका परिवारलाई राहत पुगेको छ,’मेयर शर्माले भने,‘मैले पनि रिलायवल लाइफमै जीवन बिमा गरेको छु।’

मृत्युदावी रकम हस्तान्तर कार्यक्रममा रिलायवल लाइफ इन्सोरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख चन्द बहादुर विष्टले पीडितको सहजताको लागी घरमै पुगेर रकम प्रदान गरिएको बताए । यसअघि कञ्चनपुरमै नेपालमै ठुलो रकम ४ करोडको मृत्युदावी पनि प्रदान गरिसकेको स्मरण गराउँदै विष्टले बिमा जीवन रहँदा र नरहँदाको पनि सारथि भएको बताए ।
बिमा मृत्यु रकम बुझ्दै रानाले श्रीमानको मृत्युपछिको सहारा रिलायवल लाइफ इन्सोरेन्स भएको बताएकी छिन् ।‘श्रीमान त मरेर जानुभयो,तर मेरो र छोरा–छोरीको सहारा रिलायवल सँग जोडाइदिनु भक्कानिँदै उनले भनिन्,‘अव यो रकमले छोरा–छोरीको भविष्य बनाउँछु।’

अनुखाले उक्त रकमबाट आफूले पनि रिलायवलमै ६ लाखको बिमा गराएकी छन् ।रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख,वडा सदस्य,पत्रकार,आइविआरडी शाखा प्रमुख,एजेन्सी म्यानेजर,एजेन्ट र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
मृतक रानाले २०७७ चैत्र २२ बिमाको दोस्रो किस्ता तिरेका थिए । 
रानाको ६ महिना अघि उपचारकै क्रममा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु