‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित

छिनोफानो   सोमबार ११, पुष २०७९ ०२:०५

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।

गृह जिल्ला चितवन भएका दाहाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट चुनाव जितेका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।भरतपुर महानगरपालिका मेयर रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’ को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।आफूले चुनाव जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन् । गोरखाबाट चुनाव जिते पनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमाझैं जिल्लाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका रहने नगरकी मेयर दाहालले बताइन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु