नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

छिनोफानो   सोमबार ११, पुष २०७९ ०२:३३

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्तिको समर्थन रहेको छ । तर सरकारमा तत्काल जाने निर्णय भएको छैन ।

पार्टी प्रवक्ता पण्डितले भने, ‘सरकारमा जान हामीले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएका छौं । सुदूरपश्चिममा पनि हामी निर्णायक छौं तर बटमलाइन पुरा नभए प्रदेश सरकारमा पनि सहभागी हुन्नौं ।
प्रवक्ता पण्डितले हालका प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी लगायतको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले पार्टीले समर्थन गरेको बताए । पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीका सांसदहरुलाई आज ९सोमबार० बिहान डिल्लीबजार कारागारमा छलफलका लागि बोलाएका थिए । उनले सरकारमा जान नहतारिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु