आज ५–७ सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ : राजेन्द्र लिङदेन

छिनोफानो   सोमबार ११, पुष २०७९ ०२:४०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज (सोमबार) ५ देखि ७ जनाको मन्त्रिपरिषद् गठन हुने बताएका छन् । सत्ता गठबन्धनको जारी बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘आज ५ देखि ७ जनासम्मको मन्त्रिपरिषद् गठन हुन्छ ।’

उनले आफ्नो पार्टी भने सरकारमा नजाने स्पष्ट पारे । सरकार बाहिर बसेर नै राप्रपाले सरकारलाई समर्थन गर्ने उनले स्पष्ट पारे । संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु