‘प्रचण्ड’ ले लिए प्रधानमन्त्रीमा शपथ

छिनोफानो   सोमबार ११, पुष २०७९ ०७:३९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् ।

प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट–पाइन्टमा शपथ ग्रहण गरेका थिए । आजै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिने छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु