तीन उपप्रधानमन्त्रीसहित सातले लिए शपथ,

छिनोफानो   सोमबार ११, पुष २०७९ ०७:४४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन उपप्रधानमन्त्रीले शपथ लिएका छन् ।
तीन उपप्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् ।

श्रेष्ठले भौतिक, पौडेलले अर्थ र लामिछानेले गृह मन्त्रालयको शपथ लिएका छन् । त्यसबाहेक करिब १० जनाले शपथको तयारी गरेको भए पनि अन्तिममा भने सात मन्त्रीले मात्रै शपथ लिएका थिए । नेकपा एमालेले पौडेलसँगै ज्वाला साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीलाई पनि सरकारमा पठाएको छ ।

उनीहरुको पनि शपथ भएको छ तर मन्त्रालय भने पछि टुंगो लगाइने भएको छ । राष्ट्रिय जनमत पार्टीका तर्फबाट अब्दुल खानलाई उद्योगमन्त्रीको रुपमा शपथ गराइने तयारी भए पनि अहिले भने विना विभागीय मन्त्रीको रुपमा शपथ गराइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु