कैलालीको लम्कीमा ब्याडमिन्टन प्रतियोगिता हुने

राजन जैगडी   मङ्गलबार १२, पुष २०७९ ११:३८

कैलालीको लम्कीमा आगामी माघ ६ गते देखि माघ ८ गते  सम्म ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खेलकुदका माध्यमबाट सम्भावित खेलाडीहरूलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्य सहित माघ ६ गते देखि एकेन्द्र बडुवाल  स्मृति कप ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको हो । आयोजकले सोमबार लम्कीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने जानकारी दिएको छ । 
देश भरका झण्डै ६० देखि ७० वटा टिमको सहभागिता रहने प्रतियोगिताको लागत ४ लाख २५ हजार रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ । 
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७० हजार मेडल,ट्रफि र प्रमाण पत्र पाउने छ भने दोश्रो हुने टिमले नगद ३५ हजार र तृतीय हुने टिमले रु १५ हजार मेडल,ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ । 

विशेष गरि द्धन्द्ध पिडित,आसह्य ,एकल महिला लगायतका वर्गहरूको रूपान्तरण लागि २०७३ सालमा स्थापना भएको एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले समाजमा भए गरेका बिभिन्न विकृति बिसंगतिहरुलाई खेलकुदका माध्यमबाट निरुपण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष सुरेन्द्र बडुवालले बताए । 

लम्कीचुहा नगरपालिका वडा नं।१ भुरुवा स्थित कवड हलमा सञ्चालन हुने प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुने छ । प्रतियोगिता कै बिचमा खसी पुरस्कारमा ४५ बर्ष भन्दा माथि उमेर समुहको भेट्रान कप हुने समेत आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु