सेती प्रादेशिक अस्पतालमा आधुनिक सिटि स्क्यानसेवा सुचारु

राजन जैगडी   बुधबार १३, पुष २०७९ ०६:२१

सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालले आधुनिक सिटि स्क्यानसेवा सुचारु गरेको छ । बुधबार अस्पतालले एक विज्ञप्ती जारी गर्दै एक सय २८ स्लाईसको सिटि स्क्यान मेसिन  सम्पूर्ण परिक्षण कार्य सम्पन्न गरि पूर्ण रुपमा सुचारु गरेको  जानकारी दिएको हो । कम्पनी बाटै खरिद गर्नु पर्ने भएकाले बिगत लामो प्रयास पछि मात्रै अस्पतालले सुदूरपश्चिममै आधुनिक सिटि स्क्यान मेसिन सेवा प्रवाह गर्न सफल भएको  अस्पतालका अध्यक्ष निर्मल शाह ले जानकारी दिनु भएको छ ।
शाहका अनुसार बिरामीहरले सिटि स्क्यान सेवा पाउन चर्को मुल्यमा भारत लगाएत अन्य निजी अस्पताल जानु पर्ने बाध्यता को पुर्णकालिन समाधानका लागि सिटि स्क्यान सेवा सुचारु गरिएको बताए । उनले अस्पतालले प्रवाह गरि रहेको आईसियु ,एनआईसियु , डायलाईसिस सेवा थप प्रभावकारी बनाईएको जानाएका छन् । 
अस्पतालले हाल १५ बेडको  आईसियु , १२ बेड गुणस्तर को निशुल्क डायलाईसिस सेवा ,लगाएतका छिट्टै एमआरआई सेवा पनि सुचारु गर्ने तयारी रहेको शाहले बताए । 
आर्थिक वर्ष ०७७÷०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड बजेट विनियोजन गरेको थियो । सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो । पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो । पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि भवन अभावका कारण मेसिन सञ्चालनमा ढिलाई भएको थियो । नया भवनको निमार्ण अन्तिम चरणमा पुगे लगत्तै सिटी स्क्यान सगै ओपिडी सेवा पनि नयाँ भवन बाटै प्रवाह गर्ने अस्पताल को तयारी रहेको छ । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु