सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

छिनोफानो   बिहिबार १४, पुष २०७९ ११:३८

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेसी तोकिएको छ ।

उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको उनका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिएका छन् । यसअघि गत ७ पुसका लागि पेसी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेसी सरेको थियो ।
आजको पेसी भने नसर्ने घिमिरेले बताएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । एक नाबालिग किशोरीमाथि बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेस गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु