सशस्त्र प्रहरी द्धारा धनगढी बजार क्षेत्र दाउरा वितरण

छिनोफानो   बिहिबार १४, पुष २०७९ ०२:३६

कैलालीमा मङ्गलबारदेखि शीतलहर र बाक्लो हुस्सु लागेपछि सशस्त्र प्रहरी बल ३४ नम्बर गणले धनगढी बजार क्षेत्रमा दाउरा  वितरण गरेको छ। धनगढी बजारमा बिहानैदेखि शीतलहरसंगै पश्चिमबाट चिसो बतास चलिरहेको छ भने हुस्सुका कारण जनजिवन प्रभावित भएपछि दाउरा वितरण गरिएको हो  । 


गणले धनगढीका मुख्य बजार क्षेत्र दाउरा बितरण गरेको सशस्त्र प्रहरी बल ३४ न गण का सशस्त्र प्रहरी उपरिक्षक धन बहादुर सिंहले जानकारी दिनु भएको छ । विभिन्न  कामका लागी निस्केकाहरु सडक छेउछाउ, घरलगायत विभिन्न ठाउँमा आगो ताप्न सहजता का लागि दाउरा वितरण गरेको सिंह ले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु