सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए शपथ : सरकार गठनमा जुटे सत्ता साझेदार दलहरु

छिनोफानो   शुक्रबार १५, पुष २०७९ ०३:४८

सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन्  ।  प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए । त्यसपछि रावलले दिउँसो साढे १ बजेर ३० मिनेटमा प्रदेश सभा भवनमा अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहण गरेका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण पश्चात प्रदेश सरकार गठन को प्रकृया आगाडी बढ्ने छ । प्रचण्ड नेतृत्व को सरकार लाई समर्थन गरेका  दलहरुले आफ्नो दलको नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्ने माग गरिरहेका छन् । सुदूरपश्चिमका प्रदेशसभामा १० सिट हासिल गरेको नेकपा एमालेले पहिले एमालले समर्थन गरेर माओवादी केन्द्रले सरकार को नेतृत्व गरिसकेका कारण यस पटक सबै दलले एमाले लाई समर्थन गर्नु पर्ने धारणा एमालेका प्रदेश सचिव तथा  प्रदेशसभा सदस्य धर्मराज पाठक बताए
 यस्तै ११ सिट प्राप्त गरेको माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा प्रदेशसभा सदस्य खगराज भट्टले बहुदलिय व्यवस्थामा प्रत्यक राजनितिक दलले आफ्नो नेतृत्व दावी गर्नु स्वभाविक भएको बताउदै त्यसका लागि केन्द्रीय नेतृत्वले छलफल गर्ने र माओवादीले नै प्रदेश सरकारको नेतृत्व गर्ने बताए ।
सुदूरपश्चिमका प्रदेशसभामा ७ सिट हासिल गरेको नागरिक उनमुक्ती पार्टीले प्रदेश सरकार को मूख्यमन्त्री पार्टीले दावी गर्ने बताएको छ । यस षियमा १७ गते छलफल हुने बताउदै प्रदेश सरकारको नेतृत्व नपाए प्रतिपक्षमा बस्ने नागरिक उनमुक्तीका प्रदेश सभा सरदस्य खुसि राम चौधरीको भनाई छ । 
पौष १० गते केन्द्रमा प्रचण्ड नेतृत्व को सरकार गठन भए सगै सत्ता साझेदार दलहरु प्रदेश सरकारको नेतृत्व आफ्नो दलको पोल्टामा पार्ने आन्रिक कसरत मा जुटेका छन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु