रेशम चौधरीको मुद्दा फिर्ताबारे प्रधानमन्त्रीले गठबन्धनमा छलफल गर्ने

छिनोफानो   बिहिबार २१, पुष २०७९ ०२:१०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन्धारा कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ताबारे गठबन्धनमा छलफल गर्ने बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा प्रदेश इञ्चार्ज खगराज भट्टटसहित माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र प्रदेश सांसद ओमविक्रम भाटले सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुख देवराज जोसीले २७ गतेभित्र सरकार गठनका लागि आह्वान गरेको जानकारी दिँदै बहुमत पुर्‍याउन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक भएको भन्दै रेशम चौधरीको मुद्दामा चासो राखेका हुन् ।‘सुदूरपश्चिम प्रदेशमा यही २७ गतेभित्र सरकार गठन गर्नुपर्ने छ । गठबन्धनको सबैभन्दा ठूलो दल र नेताका हिसावले पनि सबैभन्दा सिनियर नेता माओवादी केन्द्रकै भएकाले हामीले सरकार गठनको पहल थालेका हौं’, भाटले भने, ‘सरका गठनका लागि माओवादी केन्द्र, एमाले र राप्रपा मात्रले बहुमत पुग्दैन । त्यसैले नागरिक उन्मुक्तिलाई विश्वासमा लिनुपर्ने विषय हामीले जानकारी गराएका हौँ ।’ उनले नागरिक उन्मुक्तिले रेशमको मुद्दा अघि बढाउने आधार भएपछि मात्र समर्थन गर्ने बताएकाले त्यसबारे चासो राखेको जानकारी दिए । उनीहरुले अध्यादेश अब के हुन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।प्रधानमन्त्रीले भने रेशम चौधरीका विषयमा कुनै न कुनै निकास निकाल्नु पर्ने भन्दै त्यसका लागि गठबन्धनमा छलफल गर्ने बताएका छन् । ‘अध्यादेश त अघिल्लो सरकारले ल्याएको हो र सदन सुरु भएसँगै त्यो निस्क्रिय भएको छ । तर, रेशमजीका विषयमा कुनै न कुनै निकास निकाल्नै पर्नेछ’, प्रधानमन्त्रीको भनाइ उद्धृृत गर्दै भाटले भने, ‘त्यो निकासका लागि म गठबन्धनमा छलफल गर्दैछु ।’ प्रधानमन्त्रीले रेशमका विषयमा निकास दिनै पर्ने भएकाले आफूले सहमतिमै निकास दिन पहल गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु