मुख्यमन्त्री भट्ट द्धारा पाँच वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक

छिनोफानो   मङ्गलबार २६, पुष २०७९ ०५:५०

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षको कार्यकालको प्रगति विवरण सार्वजनिक  गरेका छन् । आज मंगलवार पत्रकार सम्मेलन गर्दैमुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री भट्टले थप्रै चुनौती का बिच सन्तोष जनक काम भएको दाबीे गरेका छन् । उनले प्रदेशको नेतृत्व सम्हादै गर्दा संरचना  र कर्मचारीको अभावका बिच जन अपेक्षा परिपुर्ती का लागि सरकारले स्रोत अनुसारको काम गरेको जिकिर गरेका छन् । 
नया व्यवस्था संग को नौलो अनुभवको सामना गर्दै प्रदेशमा थुप्रै निति नियम तथा एनहरु बनेको  उनले बताए । भट्टले हामीले संघीयताको जग बसाल्ने काम गरेको बताउदै त्यसैमा टेकेर आगामी सरकारलाई धेरै काम गर्न सहज हुने बताए । कार्यकाल को समिक्षा गर्दै उनले  कृषि, पर्यटन जडिबुटी र ऊर्जालाई प्राथमिकता दिएको बताए । प्रदेशका सबै जिल्ला लाई सदरमुकाम सम्म पनि सडक पुग्न नसकेको अवस्थामा उनले अहिले ४ सय किलोमिटर भन्दा बढि सडक कालोपत्रे गरेको मुख्यमन्त्रीले बताए ।
मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा ५५ पुल बनेका, १९० किलोमिटर पक्की कुलो निर्माण गरेको २८४ किलोमिटर कच्ची कुलो निर्माण गरेको जानकारी दिए । १२ हजार ९४५ हेक्टरमा सिचाइ पुराएको र १५७ किलोमिटर तटबन्ध बनाएको जनाए ।
साथै मुख्यमन्त्री भट्टले आफ्नो कार्याकाल को अवधीमा पक्ष वा प्रतिपक्षमा रहेर साथ सहकार्य गर्ने दलहरु , रचनात्मक खबरदारी गर्ने सबै संचारमाध्यम लगाएत सबै प्रदेश वासीमा धन्यवाद व्यक्त गर्नु भएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु