रेशम चौधरीलाई प्रक्रिया पुर्‍याएर रिहा गर्नु पर्छ : प्रधानमन्त्री प्रचण्ड

  मङ्गलबार २६, पुष २०७९ ०६:०१

प्रधानमन्त्री प्रचण्डले कारागारमा रहेका रेशम चौधरीलाई प्रक्रिया पुर्‍याएर रिहा गर्ने बताएका छन् । विश्वासको मतमाथिको प्रस्तावमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले रेशमलगायत त्यस्तै प्रकृतिका अन्य कैदीहरूलाई रिहा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

त्यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिँदै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सो विषय उठाएकी थिइन् । प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिए पनि विपक्षमा रहने भन्दै उनले रेशम चौधरीको रिहाइको कुरा कार्यान्वयन हुने नहुने हेरेर बसेको बताएकी थिइन् ।

त्यसमा जवाफ दिँदै प्रचण्डले भने, ‘रेशम चौधरीजीको विषय अलि अप्ठ्यारो र जटिल छ । तर, उहाँसहित अन्य निर्दोषहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर रिहाइ गर्ने कुरा विश्वास व्यक्त गर्छु ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु