धनुषामा हुण्डी रकमसहित भारतीय नागरिक पक्राउ

छिनोफानो   बुधबार २७, पुष २०७९ १२:४५

धनुषामा हुण्डी रकमसहित एक जना भारतीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साहलाई १६ लाख स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको छ । सो हुण्डी कारोबारमा प्रयोग भएको रकम रहेको खुलेको छ ।
साहमाथि शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र रकम लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको वेला धनुषाको विदेह नगरपालिका–२ दुहवीबाट पक्राउ गरिएको छ । कालो प्लाष्टिकको झोलामा स्रोत नखुलेको एक हजारको नोट ७ सय ४८ वटा, पाँच सयको नोट एक हजार ६ सय ४४ वटा, एक सयको दुई सय ६० वटा र ५० रुपैयाँका ८० वटा नोट बरामद भएको थियो ।
बरामद भएको रकम जनकपुर भन्सार कार्यालयमा पठाइएको छ भने साह अहिले धनुषा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु