सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल नियुक्त

छिनोफानो   बुधबार २७, पुष २०७९ ०६:२८

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल नियुक्त भएका छन् । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतीपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन् । सुदूरपश्चिममा पहिलो चरणमा एमालेको  मुख्यमन्त्रीमा रावल चयन भएका छन। एमाले संसदीय दलका नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ।  रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु