आज सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि निर्वाचन हुँदै

छिनोफानो   बिहिबार २८, पुष २०७९ १२:०९

सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ । सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनबाट माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र कांग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

भण्डारीको प्रस्तावकमा एमालेका जानकी बम ऐर र समर्थकमा माओवादीकी गीतादेवी माल छन् । भण्डारी बझाङ ९२० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीले सभामुखमा उम्मेदवारी दिएको हो ।कांग्रेसले प्रदेश सभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको हो । यसअघि ज्येष्ठ सदस्यका हैसियतले उनले प्रदेश सभा बैठकको अध्यक्षता गरेका थिए । आफ्नो पार्टीका प्रदेश सभा सदस्य मेघराज खड्काको प्रस्ताव र पृथ्वीबहादुर सिंहको समर्थनमा रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी अछाम (२)  बाट निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु