सुदूरपश्चिमका मुख्यमन्त्री रावल सहित दूई मन्त्रीले खाए सपथ

छिनोफानो   बिहिबार २८, पुष २०७९ ०६:३७

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावल सहित दूई मन्त्रीले पद तथा गोपनीयताका सपथ खाएका छन् । मुख्यमन्त्री रावलसहित अन्य दुई मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।  

बिहीवार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री रावल र मन्त्रीमा माओवादी केन्द्रको दलको नेता खगराज भट्ट यसैगरी एमाले दलको उपनेता सन्तोष शर्मा थापाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुको मन्त्रालय हाल तोकिएको छैन्।


साथै नवनियुक्त मुख्यमन्त्री रावलले मुख्यमन्त्री कार्यालयमा पदवार ग्रहण गरेका छन् । पदवार ग्रहण गर्दै उनले सुदूरपश्चिम प्रदेशका सबै मन्त्रालय , आयोग , सचिवालय , निकाय र मातहत कार्यालयहरुको कार्यसम्पादन प्रणाली लाई सरलीकरण र सदृकरण गर्न नतिजा मूलक कार्ययोजना तयार गरी सात दिन भित्र पेश गर्न निर्देशन दिनु भएको छ । रावलले सेवा सर्त निर्धारण कानुन तर्जुमागर्न सैदान्तिक सहमति प्रदान गर्नु का साथै प्रदेश सुशासन प्रवद्र्धन गर्न प्रादेशिक सदाचार निति र  मापदण्ड तर्जुम गरी ३० दिन भित्र पेश गर्न प्रदेश सचिवको सयोजकत्वमा कार्यदल गठन गर्नु भएको छ । रावलले प्रदेश वाट प्रवाह भईरहेका सेवाहरु लाई जनमुखि र गुणस्तरिय तुल्याउन तत्काल गर्नु पर्ने सुधार का उपाय पहिचान गरि कार्यानयन गर्न सबै मन्त्रालय र निकाय लाई निर्देशन दिनु का साथै भौतिक पुर्वाधार र आर्थिक मामिला मन्त्रालयलाई प्रदेश सरकार को तर्फ बाट नागरिकलाई दिन सकिने विधुत महसुल लगायत का सेवा अध्ययन गरि मन्त्रीपरिषदमा पेस गर्न निर्देशन दिनु भएको छ ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु