सुदूरपश्चिम सभामुखमा नेकपा माओवादी केन्द्रका भण्डारी निर्वाचित

छिनोफानो   मङ्गलबार ०३, माघ २०७९ १२:१५

सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।उनी सत्ता गठबन्धनका उमेदवार हुन । 

५३ सदस्यीय प्रदेश सभामा ५२ जना उपस्थित थिए । भण्डारी २९ मत प्राप्त गरि विजयी भएका हुन् भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली काग्रसका मान बहादुर रावलने  २३ मत प्राप्त गरेका हुन ।
सुदुर पश्चिम् प्रदेश सभा मा यस अघि पहिलो पटक निर्वाचन भइ सक्दा पनि सत्ता साझेदार दलहरु ले नै बहुमत जुटाउन सकेका थिएनन् । दोस्रो पटक नागरिक उन्मुक्ति पार्टी सभामुखको निर्वाचनमा तठस्थ बस्दा नतिजा आउन सकेको थिएन ।

आज १० बजे बसेको प्रदेश सभा बैठकमा निर्वाचन हुदा भण्डारी निर्वाचित भएका हुन । भण्डारी लाई आजै सपथ गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख को कार्यालय ले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु