कांग्रेस पदाधिकारी बैठक बस्दै

छिनोफानो   बुधबार ०४, माघ २०७९ १०:०१

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । आज (बुधबार) बिहान ९ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनले जानकारी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो बोलाएको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ । हिजोको सर्वदलीय वैठकमा आफूहरु प्रतिपक्षी भूमिकामै रहेर सभामुख पाए नछाड्ने स्पष्ट पारेको छ । हिजोको वैठकमा कांग्रेस नेता र नेकपा एमाले अध्यक्ष ओलीबीच भनाभन समेत भएको थियो । हिजोको वैठकमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा फाटो ल्याउने मनसायले ढोक्से नथाप्न कांग्रेसलाई चेतावनी समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु