तालिम प्राप्त कुकुर सहित गौरीफन्टानाकामा कैलाली प्रहरीको छट्के चेकजाँच

छिनोफानो   सोमबार ०९, माघ २०७९ ०७:०५

जिल्ला प्रहरी कार्यालय कैलालीले सिमावर्ती क्षेत्रमा हुने लागु औषध र विष्पोटक पदार्थको आयात नियन्त्रण गर्न  तालिम प्राप्त दुईटा कुकुरसहितको छट्के चेकजाच थालेको छ । जिल्लामा बढ्दै गएको लागु औषधका घटना लाई मध्यनगर गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली ले तालिम प्राप्त कुकुर सहितको चेक जाच थालेको हो । 
नेपाल प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको वडा प्रहरी कार्यालय कैलाली का प्रमुख प्रहरी निरिक्षक उपेन्द्र बम ले बताए ।

उनले  नाका बाट आयात हुने लागु औषध लाई नियन्त्रण गर्न तालिम प्राप्त कुकुर सहित को आकस्मीक चेक जाच लाई निरन्तरता दिने जानकारी दिए । बलमे लागुऔषध नाका बाटै नियन्त्रण भए समाजमा हुने धटना नियन्त्रण हुनुका साथै युवाहरु लाई पनि कुलत बाट बचाउन सकिले बताए । कैलाली जिल्लामा मात्रै आर्थिक वर्ष ७९/८० को पौष महिना सम्म लागु औषधका एक सय ९ मुद्दा दर्ता हुनुका साथै एक सय ६१ जना लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु