सुनको भाउ अहिले सम्मकै उच्च : कतिमा हुदैछ कारोवार ?

छिनोफानो   मङ्गलबार १०, माघ २०७९ १२:३०

 नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।

महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएको थियो । तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य मंगलबार १५ रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु