कैलालीमा सर्वाधिक पुरस्कार राशीको ब्याडमेन्टन प्रतियोगिता संचालन हुने

छिनोफानो   बिहिबार १२, माघ २०७९ ०४:५५

 कैलालीको धनगढीमा धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ ।
पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि प्रतियोगिता हुने भएको हो । 
प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।
संयोजक मेम्बर सिंहका अनुसार देशभरमै सर्वाधिक पुरस्कार राशीको ब्याडमेन्टन प्रतियोगिता प्रदेशमा संचालन हुन लागेको हो ।
प्रतियोगितामा  ओपन डबल, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरि तीन ईभेन्टमा संचालन गरिने बताए ।
ओपन डबलमा प्रथमलाई १ लाख २१ हजार, द्धितियलाई ७१ हजार र तृतियलाई ५१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने छ ।
४५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ५१ हजार, द्धितियलाई ३१ हजार र तृतियलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ३१ हजार, द्धितियलाई २१ हजार र तृतियलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए ।
प्रतियोगिताको जम्मा पुरस्कार राशी चार लाख नौ हजार हुने छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडी ओपन डबलमा ३ हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क तोकिएको छ ।
प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाईसिट निकालिने उनले बताए ।
सटर कटमा योनेक्स सनराईज प्रायोजक रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु