दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग

छिनोफानो   शुक्रबार १३, माघ २०७९ ०२:४९

नेपाल निर्मण तथा संम्बद्ध श्रमिक संघ (काउन)ले  २५ औं स्थापना दिवसको उपलक्षमा दृष्टि फाउन्डेसन नेपाललाई खाद्यान्न र आर्थिक सहयोग गरेको छ । शुक्रवार काउनले धनगढी मा सडक मानवलाई आश्रय दिदै आयको  दृष्टि फाउन्डेसन नेपाल लाई  खाद्यान्न र आर्थिक सहयोग गरेको हो । 


काउलले फाउन्डेसनलाई  ५० केजी चामल , ५० केजी आलु , ५ केजी नून , ५ केजी दाल , ५ केजी तेल, ५ केजी प्याज, ५ पोका तेल , तिन पोका मसला र दुई हजार एक सय नगद सहयोग गरेको काउनका  जिल्ला कार्यसमिति अध्यक्ष धर्मा नन्द जोशीले बताए । 
नेपाल निर्मण तथा संम्बद्ध श्रमिक संघ (काउन)ले  देश भरी विभिन्न कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु