पत्रकार धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

छिनोफानो   शनिबार १४, माघ २०७९ ०१:२७

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् ।
आज शनिबार भैरहवामा हुने उन्मुक्तिको एक कार्यक्रममा अभिनेत्री तथा मोडेल समेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

एलिजालाई पार्टी प्रवेश गराउन उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आइसकेकी छन् । एलिजालाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु