अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ती पार्टीमा प्रवेश

छिनोफानो   शनिबार १४, माघ २०७९ ०२:३०

अभिनेत्री एलिजा गौतम नागरिक उनमुक्ती पार्टीमा प्रवेश गरकी छन् । शनिवार भैरहवामा अयोजित एक कार्यक्रममा गौतमलाई नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् । 
 केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार क्रूषि धमलाकी पत्नी हुन । हाल गौतमलाई कुनै जिम्मेवारी दिईएको छैन ।  पार्टी प्रवेशमा चासो देखाएकाले  प्रवेश गराएको  र जिम्मेवारी को बिषयमा पार्टी को बैठक बाट टुङ्गो लागाईने उन्मुक्ती की अध्यक्ष श्रेष्ठले बताएकी छन् । गौतम संगै लुम्बिनी बाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उमेदवार बनेका बर्दियाका बैंकर तथा व्यवसायी राजेन्द्रविर राय पनि उन्मुक्ती मा प्रवेश गरेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु