रवि लामिछाने पुनः नेपाली नागरिकता बनाउन पुगे जिल्ला प्रशासन कार्यालय काठमाडौं

छिनोफानो   आइतबार १५, माघ २०७९ ११:५६

रवि लामिछानेले पुनः नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका हुन् ।

अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार काम कारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो । उनको पुरानो नागरिकता कायम नरहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षबाट समेत हटेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु