रवि लामिछानेले लिए पुनः नेपाली नागरिकताको प्रमाणपत्र

छिनोफानो   आइतबार १५, माघ २०७९ ०२:४६

रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनको नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए ।

अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरेपछि पुनः नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको हो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु