बढ्यो सुनको मुल्य

छिनोफानो   आइतबार १५, माघ २०७९ ०२:५१

 नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

अस्ती शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु