बढ्यो सुनचाँदीको मूल्य

छिनोफानो   बुधबार १८, माघ २०७९ १२:३१

साताको चौथो दिन आज (बुधबार)  सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ५ रूपैयाँले बढेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु