विदेश उडाउने भन्दै पैसा असुलेर २ वर्षदेखी फरार कञ्चनपुरका चन्द्र सेखर काष्ठकार

छिनोफानो   सोमबार ०८, जेठ २०८० ०१:३५


कञ्चनपुरका चन्द्र सेखर काष्ठकार नाम गरेका व्यतले वैदेशिक रोजगारीका लागी विदेश जाने नेपाली कामदार बाट पैसा असुलेर लामो समयदेखी फरार भएका छन् । उनले विभिन्न खाडी मुलुकमा राम्रो काम र दाम उपलब्ध गराउने भन्दै लाखौ असुलेर लामो समयदेखी सम्पर्क विहिन भएका हुन् । 
कञ्चनपुरको पुर्नवास नगरपालिका घर भई काठमाण्डौमा दलालको काम गर्दै आएका उनले विगत लामो समयदेखी नेपाली कामदारहरु बाट लाखौ असुल्ने गरेकोमा आफुबाट पनि नगद तीन लाख पचास हजार रुपैया लिएर २ वर्ष देखी फरार अवस्थामा रहेको कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ४ का दुर्गा लुहारले बताए । चन्द्र सेखरले आफुलाई दुवैमा राम्रो काम र दाम उपलब्ध गराउने प्रलोभन देखाउदै एक चोटी २ लाख पचास हजार र एक चोटी १ लाख गरी जम्मा ३ लाख पचास हजार रुपैया असुलेर फरार रहेको उनको दाबी छ । 
 
लामो समयदेखि पैसा फिर्ता गर्न कयौ पटक दबाब दिदा समेत फरार काष्ठकारले आनाकानी गर्दै आएकोमा त्यसपछि भने पूर्ण रुपमा सम्पर्क विहिन नै भएको पिडित पक्षको भनाई छ । दिन प्रतीदिन नेपाली कामदारहरु खुल्मखुल्ला लुटिदै गर्दा समेत यस विषयमा राज्यको ध्यानर्काषण हुन नसकेको उनको गुनासो छ ।    


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु