कैलाली जिल्ला खेदकुद विकास समिति द्धारा आर्थिक अनमियतता

छिनोफानो   सोमबार १५, जेठ २०८० ११:२८


कैलाली जिल्ला खेदकुद विकास समितिले आर्थिक अनमियतता गरेको पाइएको छ । लामो समयदेखि कुनै पनि आर्थिक गतिविधिको लेखाजोखा नै नराखी नियम विपरीत समितिको खातामा रहेको धरौटी रकम समेत खर्च गरी आर्थिक अनमियतता गरेको पाइएको हो ।
समितिमा भएको आर्थिक अनमियतताका सम्बन्धमा अख्तियारमा उजूरी परीसक्दा समेत आर्थिक लेखाजोखा बारे कुनै चासो नै देखाइएको छैन् । प्रत्यक वर्ष आर्थिक गतिविधि बारे लेखा परीक्षण गरीनु पर्नेमा खेदकुद विकास समितिमा भने विगत सात वर्षदेखि लेखा परीक्षण भएको छैन् । तर सुदूरपश्चिमाञ्चल क्षेत्रिय खेदकुद विकास समितिले भने जम्मा पाच वर्षको मात्र लेखा परीक्षण नभएको जानकारी दिएको छ । समितिको कार्य भार फेरिएको १ वर्ष वितिसक्दा समेत कार्यालय प्रमुख सँग भने तथ्यंगत जानकारी नै छैन् ।
 समितिका १६वटा सटरहरु र एक ताले भवनबाट झन्डै २ लाख ५० हजार मासिक भाडा रकम उठ्ने गर्दछ तर समिति संग भने,सो रकमको समेत कुनै हिसाब किताब नै छैन् । हाल समितिको खातामा नत व्यवसायीहरुले जम्मा गरेको धरौटी रकम नै छ,नत मासिक उठ्ने भाडा रकम नै । तर समितिले भने विभिन्न वाहाना दर्शाउदै ढाकछोप गर्न खोजी रहेको छ । 
्समितिका पूर्व अध्यक्ष दिपक सिंहको कार्यकाल देखी झन्डै १० महिना अगाडी सम्मको आर्थीक विवरण हाल सम्म पनि प्राप्त नहुदा समिति नै अन्यौलमा परेको छ । उतm सटरहरु भाडामा लिदा व्यवसायीहरुले समितिको खातामा झन्डै २५ लाख धरौटी रकम जम्मा गरेका थिए । तर समितिले भने सो रकमको समेत नियम विपरीत खर्च गरेको छ । यसरी खेलकुद विकासका कामहरुमा प्रयोग हुनुपर्ने रकम अव्यवस्थित तरीकाले खर्च हुँदा  समेत सरोकारवाला निकायले भने मौन छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु