कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो

छिनोफानो   मङ्गलबार १६, जेठ २०८० १२:१८


कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला हेर्नेहरुको घुइँचो लागेको हो । धनगढी उपमहानगरपालिका –१६ स्थित रामपुर गाउँमा रहेको बेहडाबाबा मन्दिर नेपाल–भारतका दर्शनार्थीहरुको आस्थाको धरोहरका रुपमा चिनिन्छ । 

विगत लामो समयदेखी नेपाल र भारत दुवै देशका दर्शनार्थीहरुले बेहडाबाबाको दर्शन गर्दैआएका छन् । ‘नेपाल–भारत दुवै देशको दर्शनार्थीहरुको उल्लेख्य रुपमा आवतजावत रहेको गङ्गादशहरा मेलालाई व्यवस्थित गर्न र शान्ति, सुरक्षा कायम गर्न मेला क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको छ । यसैगरी, दर्शनार्थीहरुको सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीहरु समेत परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । चार दिनसम्म गङ्गादशहरा मेला आयोजना हुने भएकोमा शुक्रबारसम्म दर्शनार्थीको भीडभाड रहने व्यवस्थापन समितिको तर्क छ ।

बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट भारतीय दर्शनार्थी आउनेगर्छन । बेहडाबाबा मन्दिरको गाथा भगवान शिवसँग जोडिएको छ । बेहडाबाबाको दर्शन गरेर मागेको चिज पूरा हुने जनविश्वास रहिआएकोमा भगवान शिवको प्रतीकका रुपमा रहेका नेपालको पशुपतिनाथ र भारतको केदारनाथ जत्तिकै बेहडाबाबाको पनि धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।  
    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु