पटक पटक सरकार फेरिए तर, फेरिएन डोटीका भुकम्प पिडीतको दैनिकी

छिनोफानो   बिहिबार १८, जेठ २०८० ०७:२०

सुदूरपश्चिमको डोटी जिल्लाका भुकम्प पिडीतहरु विगत ७ महिना देखी अस्थायी टहरा र त्रिपालमुनी बस्दै आइरहेका छन् । गत वर्षको कार्तिक महिनादेखि त्रिपालमुनी छाक टार्दै आएका उनीहरुको व्यवस्थापन भने अझै हुन सकेको छैन । पटक पटक सरकार फेरियो तर डोटीका भुकम्प पिडीतहरुको दैनिकीमा भने कुनै परिवर्तन नै आउन सकेको छैन् ।

गत वर्ष कार्तीक महिनामा डोटीको पुर्वीचौकी गाँउपालिका वडा नम्बर ३ गैरा गाँउमा भुकम्प गएको थियो । भुकम्पमा परी ६ जनाले ज्यान गुमाएका थिए भने झन्डै २ हजार २ सय ९७ परीवारहरु आवास विहिन भएका थिए । हाल उतm परीवारहरु निजी संघ संस्थाहरुले निर्माण गरी दिएका अस्थायी टहरा मुनी बस्दै आएका छन् । जसो तसो जाडो याम काटेर वर्खायाम नजिकिए सँगै उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । तर सरकार भने अझै पनि उनीहरुको व्यवस्थापनमा आल टाल गर्दै आएको भुकम्प पिडित रेखा बोहराको तर्क छ । 

सरकारले वेवास्ता गर्दै आएका उनीहरु घरबार विहिन त थिए नै तर पुःन पनि भुकम्पको उच्च जोखिममा उनीहरु नै छन् । तर स्थानीय सरकार भने केवल मुकदर्शक झै बनेको उनीहरुको दुखेसो छ । सरकारले सुरक्षीत जीवन यापनका लागी सुरक्षीत घर–बासको व्यवस्थापन गरीदिनु पर्ने उनीहरुको माग छ । यती मात्रै भैदिए पनि आफुहरुको दैनिकीमा केही परीवर्तन आउन सक्ने उनीहरुको अनुमान छ । व्यवस्थापनका लागी जनस्तरबाट पटक पटक आवाज उठ्दा समेत सरकारले भने वेवास्ता गर्दै आएको भुकम्प पिडितहरुको आरोप छ ।
 

भुकम्पबाट थप प्रभावितको सम्भावनामा रहेका उनीहरुलाई सुरक्षित ठाउँमा सारेर स्थानान्तरण गर्नुपर्नेमा सरोकारवाला पक्षले भने चासो नै देखाएको छैन् । दिनहु भुकम्पको भयमा बाचिरहेका उनीहरुको मानसीक सतुलनमा समेत समस्या देखिएकोमा हरेक बेला उनीहरुलाई भुकम्प आएको आवास हुने गरेको छ । तर जनता लागीे बनेको सरकार उनीरूका लागी भने ढुङ्गाको मूर्ति साबित भएको उनीहरूको गुनासो छ । 

सरकारबाट सुरक्षीत आवासको अपेक्षा राख्दै आएका उनीहरुको अवस्था अत्यन्तै दयनीय छ । अस्थायी टहरा र त्रिपाल मुनी बास बसीरहेका उनीहरु दिनरात भुकम्पको भय खप्न बाध्य छन् । तर स्थानीय सरकार भने उनीहरुको व्यवस्थापनमा चुकेको छ । स्थानीय तहबाट उनीहरुको व्यवस्थापन सम्भव नरहेकोमा नीजी संघ संस्थाको सहयोगमा अस्थायी आवासको व्यवस्था गरेको र बाकी व्यवस्थापनका लागी पहल जारी रहेको पुर्वीचौकी गाँउपालिकाले जनाएको छ ।   
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु