कैलारी गाँउपालिकाका चालक द्धारा पेट्रोलियम पदार्थमा घोटाला

छिनोफानो   शुक्रबार १९, जेठ २०८० ०२:३०


कैलारी गाँउपालिकाका चालकले पेट्रोलियमकैलारी गाँउपालिकाका चालक द्धारा पेट्रोलियम पदार्थमा घोटालामा घोटाला गरेका छन् । कैलारी गाँउपालिकाको बा २झ ३६४७ नम्बरको स्कारपियोका चालक दिपक चौधरीले पेट्रोलियम प्रदाथमा घोटाला गरेका हुन । उनले धनगढीको क्याम्पस रोडमा रहेको सरोज आर्यल स्टोरमा विना कुप्पन २८ लिटर डिजल हालेर ४० लिटरको ईन्ट्री गर्दै एकै पटक १२ लिटर डिजल झ्वाम्मै पारेका छन् ।

देशमा भष्ट्रचार तिव्र रुपमा हाबी भएसँगै स्थानीय तहमा समेत यसले तिव्र रुप लिएको छ । यस्तै कैलालीको कैलारी गाँउपालिका पनि भष्ट्रचारबाट अछुत रहेको छैन् । गाँउपालिकाले कार्यालय परीयोजनका लागी प्रगोग हुने गाडी र मोटर–साईकललाई  कुप्पन सिस्टम मार्फत धनगढीकोे सरोज आर्यल स्टोरबाट पेट्रोलियम प्रदार्थ वितरण गर्ने गरेकोे जनाएको छ । तर गाँउपालिकाका चालकले भने आर्यल स्टोरसँगको मिलोमतोमा नियम विपरीत पेट्रोलियम प्रदार्थबाट लाभ उठाउने गरेको पाइएको छ । यस्तै सरोज आर्यल स्टोरका प्रबन्धक दसीराम चौधरीले भने उतm चालकको आर्यल स्टोरसँग कुनै सम्बन्ध नै नरहेको बताउदै चालकले गरेको घोटाला बारे केही थाहा नभएको बताएका छन् ।

यस्तै यस बारे आर्यल स्टोरका कर्मचारीसँग बुझ्दा चालकले २८ लिटर डिजल हालेर ४० लिटरको ईन्ट्री गरीदिन भनेको र आर्यल स्टोर सँगको मिलोमतो बारे आफुलाई केही पनि थाहा नभएको जानकारी दिएका छन् । कर्मचारीका अनुसार चालकले राती नै फोन गरेर विशेष कार्याक्रममा जाने काम रहेको बताउदै भोली विहान चाडै आउन भनेपछि आफु त्यही अनुसार डिउटीमा आएको र चालक पनि गाडी ल्याएर सोही समयमा आएकोमा चालकले छिटोछिटो गाडीमा डिजल हाल्न अनुरोध गरेको सरोज आर्यल स्टोरका कर्मचारी मायाराम चौधरीको भनाई छ ।  

उतm कैलारी गाँउपालिकाको बा २झ ३६४७ नम्बरको गाडी विशेष गरी अनुगमन परीयोजनका लागी प्रयोग हुने गरेकोमा कहिले काँही अध्यक्ष र उपाध्यक्ष लगायत गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतले समेत कार्यालय प्रयोजनका लागी प्रयोग गर्ने गरेको कैलारी गाँउपालिकाले जनाएको छ । तर उतm गाडीका चालकले नियम विपरीत डिजल हालेर पटक पटक लाभ उठाउने गरेको विषयमा भने  सरोकारवाला निकाय गैरजिम्मेवार सावित भएको छ । यस्तै सरोकारवाला बाट नै नियम मिचिने प्रवृतीका कारण आम जनस्तरमा सरकार प्रतीेको अविश्वास बढ्दो छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु