भारतका विद्यालयमा अवलोकन गर्दै धनगढी उप-महानगरपालिकाको टोली

छिनोफानो   शुक्रबार १९, जेठ २०८० ०३:०५


धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, कार्यपालिका र शिक्षा समितिका सदस्यहरूसहितको टोली विद्यालय अवलोकनका लागि भारतको राजधानी नयाँदिल्ली पुगेको छ । धनगढी उपमहानगरको शैक्षिक क्षेत्रको विकास र गुणस्तर शिक्षा सुधारका लागी उपमहानगरपालिकाका शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, कार्यपालिका र शिक्षा समितिका सदस्यहरूसहितको टोली विद्यालय अवलोकनका लागि भारतको राजधानी नयाँदिल्ली पुगेको हो ।
टोलीले पहिलो दिन त्यहाँका तीनवटा सामुदायिक विद्यालयको अवलोकन गरेको छ धनगढी उपमहानगरको शैक्षिक सुधारमा सहयोग पुगोस् भनेर नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई दिल्लीका विद्यालयको अवलोकनको व्यवस्था गरिएको उपमहानगरको शिक्षा महाशाखा उपसचिव प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए । 
उनका अनुसार धनगढीका विद्यालयको शैक्षिक अवस्था सुधारमा उपमहानगरले नगरभित्रको समग्र शैक्षिक सुधारलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।’ धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा आएको अवलोकन भ्रमण टोलीमा विभिन्न विद्यालयका प्रधानाध्यापकसहित ३५ जना सहभागी रहेका छन् । अवलोकन टोलीमा सहभागी शिक्षकले दिल्लीका विद्यालय भ्रमणका क्रममा भएको सिकाइलाई व्यवहारमा लागू गरेर विद्यालय सुधारको प्रयास गरिने प्रतिबद्धता जनाएका छन्।

टोलीले सहिद हेमु कालाणी सर्वोदय बालविद्यालय, सोही विद्यालयभित्र छुट्टै सञ्चालन भइरहेको दिल्ली मोडल भर्चुअल स्कुल र गभर्मेन्ट ब्वाइज एसआर सेकेन्डरी स्कुलको अवलोकन गरेको छ । अवलोकन टोलीले यी विद्यालयमा भौतिक पूर्वाधारको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप, व्यवस्थापनलगायत विषयमा प्रधानाध्यापक र शिक्षकहरूसँग छलफलसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु