विश्वविद्यालयको निणर्य कार्यान्वयनमा ल्याउन जोड दिदै गेटामा सडक बहस

छिनोफानो   शनिबार २०, जेठ २०८० १२:१५


शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले शनिबार गेटामा सडक बहस गरेको छ । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत मेडिकल कलेजको गेट अगाडी सडकमा बहस गरेको हो । सडक बहसमा बोल्ने वक्ताहरुले सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य कार्यान्वयनमा ल्याउन जोड दिएका छन् ।

नेताहरुलाई सुदूरपश्चिमको विकासका लागि बिन्तिपत्र चढाउँदा चढाउँदै एउटा पुस्ता नै भइसकेको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए । उनले गेटा विश्वविद्यालयका लागि अत्तरियाले मात्रै आन्दोलन गरेर सफल हुन नसक्ने भएकाले यसका लागि सूदूरपश्चिम नै उठ्न आवश्यक रहेको बताए । उनका अनुसार सरकारले गेटामा कहिले मेडिकल कलेज, कहिले विश्वविद्यालय भनेर अल्झाउने काम गरेकोमा गेटामा मेडिकल कलेज बनाउका लागि सशक्त आन्दोलनको आवश्यकता छ ।
यस्तैे गेटामा प्रतिष्ठान बनाएर १ सय बेडको मात्रै अस्पताल बनाउने बिषयमा आफ्नो आपत्ती रहेको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीको तर्क छ । उनले सुदूरपश्चिमलाई सरकरले हेर्ने दृष्टिकोण नै संकुचित रहेको बताए । उनका अनुसार गेटामा विश्वविद्यालय बनाउनको लागि आन्दोलनका कार्यक्रमलाई अझै व्यापक बनाउनु पर्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु