जग्गा दलाल बाट ठगीदा कैलालीमा एक परिवारको बिचल्ली

छिनोफानो   शनिबार २०, जेठ २०८० ०४:१३


कैलालीमा जग्गा दलालबाट ठगीदा एक परिवारको बिचल्ली भएको छ । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर १८ मा बस्दै आएका ७४ वर्षीय छबिलाल सुनार सोही ठाँउका जग्गा दलाल लक्ष्मी देवकोटाबाट ठगीदा उनको परीवार नै बिचल्लीमा परेको हो ।
उनको नाममा जम्मा १० कट्ठा जमीन रहेको थियो । त्यसबाट १ कट्ठा जग्गा बिक्री गरी २ छोरालाई अंशका रुपमा २–२ कट्ठा जमीन दिएपछि ५कट्टा जग्गा भने बाकी रहेको थियो । तर उक्त बिक्री गरेको १ कट्ठा जग्गा नाम सारी गराइदिने भन्दै विचौलीया देवकोटाले डराइ धम्काइ बाँकी रहेको ५ कट्ठा जग्गा नै कब्जा गरेको पिडित छबिलाल सुनारको आरोप छ । उनका अनुसार विचौलीया देवकोटाले कब्जा गरेको जग्गाबाट २ कट्ठा आफ्नो नाममा र ३ कट्ठा आफन्त सुनीता कठायतको नाममा नाम सारी गरेका छन् ।
विगतमा १० कट्ठा जग्गाको मालीक रहेका छबिलाल सुनार विचौलियाबाट ठगीदा अहिले उनीसँग नत बस्ने घर छ,नत जग्गा नै । तर  देवकोटा भने सुनार परिवारलाई घरबार विहिन पारेर सम्पर्क विहिन रहेको उनको दुखेसो छ । विचौलीया देवकोटाले आफु अशिक्षीत रहेको फाइदा उठाउदै आफु सहित आफ्नो सह परीवारलाई नै सडक जीवन जीउन बाध्य पारेको पिडित सुनारले बताए । 
यसअघि ७४ वर्षीय छबिलाल सुनारकी श्रीमतीको नाममा रहेको उक्त १० कट्ठा जग्गा उनले सुनारलाई आफ्नो नाममा नामसारी गराउन लगाएका थिए । उक्त जग्गा अस्थायी निस्सामा रहेकोमा सो जग्गाको स्थायी निस्सा बनाइ दिने भन्दै सहकार्य अगाडी बढाएकोमा विभिन्न डर त्रास देखाउदै सुनार परीवारको विचिल्ली पारेको आरोप विचौलीया देवकोटामाथी लागेको छ । तर देवकोटाले भने सो घटना बारे आफु जानकार नै नरहेको दाबी गरेका छन् । देवकोटाले भने आफुले कसैलाई नठगेको तर आफुमाथी झुटो आरोप लगाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु