अखिल नेपाल महिला संघको अध्यक्षमा रावल सर्वसम्मत चयन

छिनोफानो   बिहिबार २५, जेठ २०८० ०६:३९


अखिल नेपाल महिला संघ (क्रान्तीकारी)को अध्यक्षमा सरस्वती रावल सर्वसम्मत चयन भएकी छीन् । कैलालीको धनगढीमा भएको क्रान्तीकारी संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन २०८० बाट सरस्वती रावललाई संघको अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । सोमबारदेखी सुरु भएको उक्त सम्मेलनलाई बिहिबार निर्वाचन समिति संयोजक बसन्त बागचनले पधआधिकारी घोषणा गर्दै उनीहरुलाई सपथ ग्रहण गराएर समापन गरेका छन् । 
सम्मेलनबाट अध्यक्ष रावल सहित ९ जना पधआधिकारीलाई सर्वसम्मत चयन गरिएको अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले जनाएको छ । संघका अनुसार उपाध्यक्षमा उर्मिला चौधरी,सत्य देवी चिमाडी,मैना रावल,कमला चौधरी,सचिवमा कमला ज्ञवाली श्रीपाली,सह–सचिवमा दुर्गा भट्ट ,लिला कुवर र कोषा अध्यक्षमा गिता नेपाली लगायतका पधआधिकारी सर्वसम्मत चयन भएका छन् ।
यस्तै समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेकपा माववादी पार्टीका केन्द्रिय उपाध्यक्ष पम्फा भुसाल,विशिष्ट्ठ अतिथिका रुपमा नेकपा माववादी केन्द्रका सुदूरपश्चिम प्रदेश ईन्चार्ज माननीय खगराज भट्ट, महिला संघ (क्रान्तीकारी)का केन्द्रिय कमिटी अध्यक्ष अमृता थापा र अतिथिका रुपमा अखिल नेपाल महिला संघ (क्रान्तीकारी)का सुदूरपश्चिम प्रदेश ईन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।         


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु