सरकारले कायम गरेका नयाँ भाडा दरका विरुद्ध यातायात व्यवसायी आन्दोलित

छिनोफानो   शनिबार २७, जेठ २०८० १२:३५


सुदूरपश्चिम प्रदेश सरकारले लागु गरेको नयाँ भाडा दरका विरुद्ध यातायात व्यवसायी आन्दोलित भएका छन् । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न ठाउँका लागि नयाँ भाडा दर लागु गरेको थियो । तर यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा घटाएको भन्दै आन्दोलित भएका हुन् । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाका अनुसार शनिवार बझाङ जिल्लामा यातायात पूणर् बन्द गरिएको छ । 
उनले धनगढीदेखि बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ प्रदेश सरकारले निर्धारण गरेपछि आन्दोलन सुरु भएको बताए । यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ कायम हुनुपर्ने माग राखेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले शनिवार बझाङ रुटमा सवारी चलाउनमा रोक लगाएका छन् । 
लामोदुरीका सार्वजनिक सवारी साधन ठप्प भएपछि बझाङमा यात्रुहरु अलपत्र परेका छन्। उनीहरुले अन्य जिल्लामा पनि आन्दोलनको तयारी थालेका छन्। आइतवारको प्रदेशको आमहड्ताल पछि थप संघर्षका कार्यक्रम ल्याउने सापकोटाको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु