कैलालीमा अवैध ४० पेटी माछा सहित एक जीप बरामद

छिनोफानो   शनिबार २७, जेठ २०८० ०३:५१


कैलालीको धनगढीबाट अवैध ४० पेटी माछा सहित एक जीप बरामद गरिएको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर ८बाट करीब ४ लाख मुल्य बराबरको ४० पेटी अवैध माछा सहित सुदूरपश्चिम प्रदेश ०१–००१च ३४१९ नम्बरको टाटा कम्पनीको जीप बरामद गरिएको हो । 

करीब ४ लाख मुल्य बराबर रहेको ४० पेटी जल कपुर जातको माछा भारतबाट नेपाल भित्रीएको अवस्थामा चेकजाँच गर्दा अवैध फेला परेपछि प्रहरीले माछा सहित जीप पनी बरामद गरेको छ । उक्त बरामद गरिएको माछालाई स्थानीय जनप्रतिनिधि,त्रिनगर नाकाको पसु क्वारेन्टाइन चेकपोष्टका कर्मचारी,पोल्ट्री तथा माछा मासु व्यवसायी संघ कैलालीका अध्यक्ष र स्थानीय व्यक्तिहरूको रोहबरमा खाडल खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक
 खगेन्द्र साँउदले जानकारी दिए । उनका अनुसार हाल उक्त माछा तस्करी गर्ने व्यक्तीलाई नियन्त्रणमा लिइ थप कानुनी कारवाही अगाडी बढाइएको छ । 

केही महिना यता नेपाल तर्फ मूल्य बढेपछि कैलालीमा पनि अवैध तस्करी तीव्र रुपमा वृद्धी भएको छ । प्रक्रियागत ढंगबाट माछालाई भारतबाट नेपाल आयातमा प्रतीबन्ध लगाइएको छैन् । तर उक्त माछाहरु अवैध रुपमा भित्रिएको हुँदा नष्ट गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको त्रिनगर नाका पसु क्वारेन्टाइन चेकपोष्टका पसु स्वास्थ्य प्राविधिक दमन प्रसाद श्रेष्ठको तर्क छ ।  उनका अनुसार झन्डै ४ वर्षदेखी त्रिनगर नाकाबाट माछाको आयात भएको छैन ।
 
 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु