सुदूरपश्चिममा आज आमहड्ताल, अत्यावश्यक बाहेकका सबै सेवा ठप्प

छिनोफानो   आइतबार २८, जेठ २०८० १२:५४

गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आइतबारसुदूरपश्चिममा आमहड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठीत संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत आइतबारसुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । 

 

बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायातपूर्ण रुपमा बन्द गरिने स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले जनाएको छ । यस्तै सुदूरपश्चिम आमहड्तालमायातायात व्यवसायी, राजनीतिक दल, व्यापारी र आम जनताले समेत सहमती जनाएका छन् । गेटा मेडिकल कजेजको विषयमासरकारले गरेको निर्णय सुकार्य नरहेको उनीहरुको दाबी छ ।   

 

कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम नै ठप्प पारिएको छ । उक्त आमहड्तालका कारण प्रदेशका ९वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने,शैक्षिक संस्था, बजार व्यवसाय लगायतअत्यावश्यक बाहेकका सेवा समेत प्रभावित भएका छन् । सुदूरपश्चिमको विकासका लागी गेटा मेडिकल कलेज कोसे ढुङ्गा सावित हुनेभएकोमा उक्त निर्यणलाई कार्यान्वयनमा ल्याउनुपर्ने माग बन्द कर्ताको छ ।

 

माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेकोथियो तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउमा प्रतिष्ठानका रुपमा अघि बढाउने रएक सय शैयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो ।तर सरकारले आफ्नै निर्णय विपरीत गेटामा शहीद दशरथ चन्दराष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको छ । सरकारले विश्वविद्यालय निर्माणगर्ने निर्णय नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने संघर्ष समितिले जनाएको छ । गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्दगराउँदै हिडेका ५ जना बन्द कर्तालाई प्रहरीले धनगढीबाट प्रकाउ गरेको छ ।मन्त्रीको गाडीमा ढुङगा हानेको भन्दै ५ जना बन्दकर्तालाईप्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु