गेटा मेडिकल कलेजको विषयमा नेपाली कांग्रेस निकै चिन्तीत छ ः नैनसिँह महर

छिनोफानो   सोमबार २९, जेठ २०८० १२:५९

सुदूरपश्चिमको मेडिकल कलेजका विषयमा नेपाली काङ्गे्रस निकै चिन्तीत बनेकोे नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिँह महरले जानकारी दिएका छन् । सोमवार धनगढीमा पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेस पार्टी गेटा मेडिकल कलेजको विषयलाई लिएर निकै चिन्तीत बनेको दाबी गरेका हुन् । 
सुदूरपश्चिमको समग्र विकासका लागी गेटा मेडिकल कलेज कोसे ढुङ्गा सावित हुने भएकाले उक्त निर्यणलाई कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा सरकार गम्भीर बन्न जरुरी रहेको उनको तर्क छ । उनका अनुसार सुदूरपश्चिमको स्वास्थ्य अवस्थालाई उजागर गर्न तथा स्वास्थ्य क्षेत्रको दिगो विकास गर्न गेटा मेडिकल कलेज सञ्चालमा आउन जरुरी देखीन्छ ।  

गत वर्षको माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाँउमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर सरकारले आफ्नै निर्णय विपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेकोमा यस विषयमा नेपाली  कांग्रेस पार्टीको घोर आपत्ती रहेको जनाउदै चिन्ता व्यक्त गरेका छन् ।  


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु