आज दिउसो २ बजेबाट सुदूरपश्चिम प्रदेश सभा घेराउ गरिदैे

छिनोफानो   सोमबार २९, जेठ २०८० ०१:२४

कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज प्रदेश सभा घेराउ गरिने भएको छ। आन्दोलनकारीहरुले प्रदेश सभाका सदस्यहरुलाई प्रदेश सभाभित्र प्रवेशमा रोक लगाउने गरी प्रदेश सभा घेराउ नै घेराउ गर्ने भएका हुन्।  आज दिउसो २ बजेबाट प्रदेश सभा अगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको उनीहरुलेजनाएका छन्। सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउसो ३ बजेका लागि बोलाइएकोमा उनीहरुले २ बजेदेखी प्रदर्शन सुरु गर्ने जानकारी दिएका छन्। 

कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका आन्दोलनकारीहरुले प्रदेश सभा प्रवेशमा निषेध गर्ने भएका हुन्।  संघीय मन्त्रिपरिषदले गेटामा विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरिने छ भनिएको छ। तर, जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु